पुस २५ गतेका लागि संघीय संसद्‍‌को अधिवेशन आह्वान

काठमाडौँ:  राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गतेका लागि संघीय संसद्‍ अधिवेशन आह्वान गर्नु भएको छ ।

राष्ट्रपति कार्यालयका अनुसार संविधानको धारा ९३ को उपधारा १ बमोजिम पुस २५ गते सोमबार दिउँसो १ बजेका लागि संसद्‍ भवनमा संघीय संसद्‍को अधिवेशन आह्वान गरिएको हो ।

मंसिर ४ गते भएको निर्वाचनपछि प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक पहिलो पटक बस्न लागेको हो । यसपटक प्रतिनिधिसभामा १२ राजनीतिक दल र ४ स्वतन्त्र सांसदको प्रतिनिधित्व छ ।


प्रकाशित | १२ पुष २०७९, मंगलवार १८:२५