राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्षमा तपबहादुर मगर सिफारिस

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्षमा तपबहादुर मगर सिफारिस हुनु भएको छ । केही दिनअघि बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश मगरलाई आयोगको अध्यक्षमा नियुक्तिका लागि सिफारिस गरेको हो । आयोगको सदस्यमा मनोज दुवाडी, सूर्य ढुंगेल, लिली बस्नेत थापा र मिही ठाकुर सिफारिस गरिएको छ ।

त्यस्तै, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सदस्यमा जुद्ध गुरुङ र अमरराज मिश्र सिफारिस गरिएको छ । राष्ट्रिय महिला आयोगको अध्यक्षमा कमला कुमारी पराजुली, सदस्यहरूमा कृष्णकुमारी पौडेल र विद्याकुमारी सिन्हा सिफारिस गरिएको छ ।

राष्ट्रिय दलित आयोगको अध्यक्षमा देवराज विक, सदस्यमा मीना सोब, परशुराम रम्तेल, कुञ्ज बराइली र मेहेले पार्की सिफारिस गरिएको छ ।


प्रकाशित | ५ पुष २०७७, आईतवार १६:५८