चीनले नेपाललाई थप १६ लाख खोप दिने

काठमाडौँ । चीनले नेपाललाई थप १६ लाख कोरोना खोप अनुदानमा दिने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा चिनियाँ राजदूत होउ यान्छीले सो जानकारी गराएको परराष्ट्र मन्त्रालयले विज्ञप्ति मार्फत जानकारी दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको सो भेटमा द्विपक्षीय सहयोग प्रबर्द्धन गर्ने बारेमा पनि छलफल भएको बताइएको छ ।

राजदूत यान्छीले कोभिड १९ विरुद्धको लडाईमा चीनले नेपाललाई सँधै सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ । प्रधानमन्त्री देउवाले चिनिया सरकारले उपलब्ध गराएको भ्याक्सिन सहयोगका लागि धन्यवाद व्यक्त गर्नु भएको छ ।


प्रकाशित | १ श्रावण २०७८, शुक्रबार १६:३४