नेपालमा चौथो व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएको पुष्टि

काठमाडौं : नेपालमा चौथो व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा ती व्यक्तिमा सङ्क्रमण भएको पाइएको हो । सङ्क्रमित व्यक्ति चैत ११ गते अस्पताल भर्ना भएको देवकोटाले बताउनुभयो ।

सङ्क्रमित व्यक्ति कुन विमानमार्फत् नेपाल फर्केका थिए भन्नेबारे सोधखोज भइरहेको जनाइएको छ ।  कोरोनाभाइरस सङ्क्रमित भएका पहिलो नेपाली चीनको वुहान शहरबाट फर्केका थिए। उनी निको भई घर फर्किसकेका छन्। उनीपछि फ्रान्सबाट फर्केकी १९ वर्षीया विद्यार्थीमा कोरोनाभाइरस सङ्क्रमण भएको थियो । तेस्रो सङ्क्रमित व्यक्ति भने कतारबाट फर्केका थिए।


प्रकाशित | १४ चैत्र २०७६, शुक्रबार १९:४७