एनआरएनए स्वीडेनमा राज कुमार पाठकको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध (सूचीसहित)

स्वीडेन । गैर आवासीय नेपाली संघ स्वीडेनमा राज कुमार ओमशनको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ । आगामी (२०२१-०२३) कार्यकालको लागि ओमशनको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो ।

संघको आइसिसी सदस्यमा वर्तमान अध्यक्ष दिनेश श्रेष्ठ निर्विरोध चयन हुनु भएको छ । त्यस्तै, उपाध्यक्षमा विजय प्रधान, महासचिवमा गंगा घिमिरे, सचिवमा लोकेन्द्र खड्का, कोषाध्यक्षमा प्रविण श्रेष्ठ, युवा संयोजकमा राजेन्द्र तामांङ र महिला संयोजकमा जानुका एण्डर्सन निर्विरोध हुनु भएको छ ।

त्यस्तैगरि, कार्यसमिति सदस्यहरुमा पुनम राई, रमा श्रेष्ठ, नरेश भण्डारी, राजन महर्जन, बिबेक केसी निर्विरोध हुनु भएको छ । बाँकि १ जना सदस्य भने नयाँ कार्यसमितिबाट मनोनित गरिनेछ ।

निर्वाचन समिति संयोजक बद्रि शर्माका अनुसार कुनै पनि पदहरुबाट कसैले पनि उम्मेदवारी फिर्ता नलिएको र उम्मेदवार उपर कुनै प्रकारको दावी विरोध नपरेकाले उम्मेदवारी दर्ता भएको सम्पूर्ण कार्यसमिति निर्विरोध भएको हो । यसको औपचारिक घोषणा यही २४ जुलाईमा हुन गइरहेको अधिवेशनको अवसरमा गरिनेछ ।

नयाँ कार्यसमितिको नामावली

१) अध्यक्ष -राज कुमार ओमशन (Stockholm)

२) उपाध्यक्ष – विजय प्रधान (Örebro)

३) महासचिव- गंगा घिमिरे (Stockholm)

४) सचिव – लोकेन्द्र खड्का (Malmö)

५) कोषाध्यक्ष – प्रविण श्रेष्ठ (Stockholm)

६) युवा संयोजक – राजेन्द्र तामांङ्ग (Stockholm)

७)महिला संयोजक- जानुका एण्डर्सन (Nyköping)

८) सदस्य – पुनम राइ (Sundsvall)

९) सदस्य -रमा श्रेष्ठ ( Stockholm)

१०) सदस्य – नरेश भण्डारी (Örebro)

११) सदस्य – राजन महर्जन (Växjö)

१२) सदस्य -बिबेक केसी (Göteborg)

१३)आईसिसि सदस्य-दिनेश श्रेष्ठ (Stockholm)


प्रकाशित | १ श्रावण २०७८, शुक्रबार ०९:२६