काठमाडौँ उपत्यकामा साउन १० गतेसम्म थपियो निषेधाज्ञा

काठमाडौँ। काठमाडौँ उपत्यकामा १० दिन निषेधाज्ञा थपिएको छ । बिहीबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले साउन १० गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

अबको निषेधाज्ञामा सबै प्रकारका पसलहरु बेलुका ७ बजेसम्म खोल्न पाइने भएको छ भने निजी र सार्वजनिक सवारीका साधनहरु पनि साबिककै अवस्थामा सञ्चालन गर्न पाइने छ।


प्रकाशित | ३१ असार २०७८, बिहीबार १७:०९