अमेरिकामा पछिल्लो २४ घण्टामा ३ हजार ४०१ संक्रमितको मृत्यु

काठमाडौँ । अमेरिकामा एकैदिन ३ हजार ४०१ कोरोना संक्रमितको मृत्यु भएको छ ।
तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो वृद्धिसँगै बिहीबार बिहानसम्म अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ लाख ३४ हजार २१८ पुगेको हो ।
यस्तै १ करोड ८९ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।
पछिल्लो २४ घण्टामा २ लाख ३२ हजार ३४२ जनामा संक्रमण पुष्टि भएको छ ।


प्रकाशित | ९ पुष २०७७, बिहीबार १२:१९