मन्त्रिपरिषद् निर्णय : साउन ३ गते संसद अधिवेशन बोलाउन सिफारिस

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले साउन ३ गते दिउँसो ४ बजे संसदको अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।

बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता खोजविन आयोगका पदाधिकारीको अवधि एक वर्षका लागि थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनु भयो ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा बैठक साउन ३ गतेभित्र बोलाउन आदेश दिएको थियो । सोहीअनुसार सरकारले साउन ३ गते दुबै सदनको बैठक बोलाउन सिफारिस गरेको हो ।

असार २८ गते सर्वोच्च काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गर्दै प्रतिनिधिसभा विघटन बदर गरेर बैठक बोलाउन आदेश जारी गरेको हो ।

यस्तै बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको म्याद १ वर्ष थप गर्ने निर्णय गरेको हो । यस्तै दुबै आयोगका पदाधिकारीको म्याद पनि एक वर्ष थप गरिएको छ ।


प्रकाशित | ३१ असार २०७८, बिहीबार १६:१५