नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा शपथ ग्रहणका लागि पर्खाइमा

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा शपथ ग्रहणका लागि शीतलनिवासमा पुग्नु भएको छ । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा संविधानको धारा उल्लेख नभएको भन्दै उहाँले सच्याउन भन्नु भएका छ ।

देउवाले विज्ञप्ती सच्चिएसम्म सपथ ग्रहण नगर्ने अडान राखेपछि कार्यालयका कर्मचारीहरुले विज्ञप्ति सच्याउन थालेका छन् । शपथ ग्रहण स्थलमा उपराष्ट्रपतिसहित विभिन्न दलका नेता, उच्च पदस्थ सरकारी अधिकारी लगायत भने पुगिसकेका छन् ।

साँझ ६ बजे शपथग्रहणको कार्यक्रम राखिए पनि विज्ञप्तिबारे विवाद भएपछि ढिला गरेर शपथग्रहण हुन लागेको हो । देउवाले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गर्नु भएको छ ।


प्रकाशित | २९ असार २०७८, मंगलवार १९:१७