जुम्ला विमानस्थल बिहीबारदेखि २० दिनको लागि बन्द

जुम्ला : जुम्ला विमानस्थल २० दिनका लागि बन्द गरिने भएको छ । यही वैशाख ५ गतेदेखि विमानस्थल बन्द गरिने भएको हो । जुम्ला विमानस्थल प्रमुख कैलाश शर्माका अनुसार विमानस्थलको स्तरोन्नति कार्यलाई छिटो सकाउनको लागि विमानस्थल नै बन्द गर्ने निर्णय गरिएको हो ।विमानस्थलको रनवे र पार्किङतर्फ घास उम्रनेदेखि पहिले गरेको कालोपत्रे उप्किसकेकाले स्तरउन्नति गर्न लागिएको शर्माले बताउनुभयो । अहिले विमानस्थल जीर्ण हुँदै गएकाले स्तरोन्नति गरेर सुरक्षित बनाइने उहाँको भनाइ छ । विमानस्थल २० दिन बन्द हुने भएपछि जुम्लादेखि सुर्खेत, नेपालगञ्जसम्मको हवाई सेवा प्रभावित हुने भएको छ ।


प्रकाशित | ४ बैशाख २०७६, बुधबार १३:५१