एमाले केन्द्रीय कमिटी बैठक चैत १ गतेका लागि आह्वान

काठमाडौं । सर्वोच्च अदालतले पार्टीलाई ब्यूँताइदिएपछि नेकपा एमालेको पहिलो केन्द्रीय कमिटी बैठक चैत १ गते बस्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीको परामर्शमा महासचिव ईश्वर पोखरेलले केन्द्रीय कमिटी बैठक आह्रवान गर्नुभएको हो ।

बैठकमा नवौं महाधिवेशनबाट निर्वाचित र त्यसपछि मनोनित केन्द्रीय सदस्यहरु सहभागी हुने जनाइएको छ । बैठकको मिति तय भएसँगै प्रधानमन्त्री ओलीले आज पनि आफू निकट नेताहरुलाई छलफलका लागि बालुवाटार बोलाउनु भएको छ ।


प्रकाशित | २८ फाल्गुन २०७७, शुक्रबार ११:११