नयाँ सदस्यताको लागि एनआरएनए हङकङले खुलायो आवेदन

हङकङ । ग़ैर आवासीय नेपाली संघ हङकङको नयाँ सदस्यता तथा नवीकरणको लागि आवेदन खुलाएको छ । एनआरएनए एनसिसी हङकङले एक बिज्ञप्ति जारी गर्दै नयाँ सदस्यता तथा नवीकरणको लागि आवेदन खुला गरेको हो ।

एनआरएनए हङकङले नयाँ सदस्यताको लागि १६ मार्चदेखि ३१ मे र सदस्यता अद्यावधिक १६ मार्चदेखि ३० जुनसम्म तोकेको छ । नयाँ सदस्यता तथा अद्यावधिकको लागि संघको कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

एनआरएनए एनसिसी हङकका महासचिव गोकर्ण ढकालले जारी गर्नुभएको बिज्ञप्ति अनुसार संघको आठौं अधिवेशन आगामी जुलाई भित्र सम्पन्न गरिसक्नु पर्ने भएकाले नयाँ सदस्यता तथा अद्यावधिकको लागि मिती तोकिएको हो । यस्तो छ एनआरएनए एनसिसी हङकङले जारी गरेको बिज्ञप्ति ;-


प्रकाशित | ६ चैत्र २०७७, शुक्रबार ११:३६