आजदेखि कक्षा १२ को परीक्षा शुरु, ४ लाख २८ हजार सहभागी

काठमाडौं: कक्षा १२ को वार्षिक परीक्षा आजदेखि शुरु भएको छ । आज (आइतबार) पहिलो देखि अंगेजीको परीक्षा परेको छ । आइतबारदेखि शुरु भएको परीक्षा वैशाख २९ गतेसम्म चल्नेछ । परीक्षाका लागि चार लाख २८ हजार ५२ जना परीक्षार्थीले फाराम भरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

देशभर १ सय ७ परीक्षा केन्द्र कायम गरिएको बोर्डले जनाएको छ । परीक्षालाई मर्यादित बनाउन १३ हजार २ सय ८४ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । परीक्षाको नियम उल्लंघन गर्नेलाई छ महिना कैद र एक लाख रुपियाँसम्म जरिवाना गरिने बोर्डले जनाएको छ । कक्षा ११ को परीक्षामा चार लाख ४२ हजार, ९९७ छात्र र चार लाख, ९३ हजार ५४९ छात्राको सहभागिता रहनेछ ।


प्रकाशित | १५ बैशाख २०७६, आईतवार ०९:२२