एनआरएनए मकाउको अध्यक्ष पदमा राजेश प्रसाईको उम्मेदवारी घोषणा (प्रतिबद्धतापत्रसहित)

मकाउ । गैर आवासीय नेपाली संघ मकाउको अध्यक्ष पदमा राजेश प्रसाईले उम्मेदवारी घोषणा गर्नु भएको छ । एनसिसी मकाउको ७ औं अधिवेशनमा प्रसाईले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्नु भएको हो ।

आफना विभिन्न प्रतिबद्धतासहित उम्मेदवारी घोषणा गर्नु भएको प्रसाईले यसअघि उपाध्यक्षको जिम्मेवारी निर्वाह गरिसक्नु भएको छ भने अन्य विभिन्न संघसंस्थामा पनि महत्वपूर्ण योगदान गर्दै आउनु भएको छ । सामाजीक कार्यक्रमा सक्रिय प्रसाई मकाउबासी नेपालीहरु माझ रुचाइएको ब्यक्तीमध्येको एक पर्नुहुन्छ । उहाँले अध्यक्षमा निर्वाचीत भएमा विभिन्न कार्य गर्ने भन्दै विभिन्न प्रतिबद्धताहरु पनि सार्वजनिक गर्नु भएको छ । यस्ता छन् प्रसाईका प्रतिबद्धताहरु:-

-मकाउमा स्थायी बसोबास गर्ने वा कार्यरत सम्पुर्ण नेपालीहरुको आपसी हार्दिकता र भाइचाराको बिकासमा समन्वयकारी भुमिका निर्वाह गर्दै अनुकुल वातावरण निर्माण गरिने छ।

-मकाउमा बसोबास वा रोजगारको सिलसिलामा आइपर्ने विभिन्न समस्यामाहरुमा आपसी हातेमालो गर्दै समाधानको लागि आवश्यक सहयोग तथा समन्वय गर्नेछु।

– मकाउ स्थित नेपालीहरुले हङकङ बाणिज्य दूतावास मार्फत लिइरहेको सेवालाई आवश्यकता अनुसार थप र प्रभावकारी बनाउन तथा कम्तिमा हप्ताको एक पटक संचालन हुने वातावरण मिलाउन पहल गरिने छ।

-मकाउ वासी नेपालीहरुले नेपाल सरकारबाट लिने सेवा हङकङबाट मात्र नभएर हाम्रो अनुकुलता अनुसार गोङ्जाओबाट समेत लिन सकिने सम्बन्धमा आवश्यक प्रयास गर्नेछु।

-मकाउमा स्थित नेपालीहरुले पासपोर्ट नवीकरण गर्दा बुझाउनुपर्ने शुल्क महगो भएको गुनासो लामो समयदेखि गरिरहेका छन्। यसमा पुनरावलोकन गर्न नेपाल सरकारसंग बिशेष आग्रह गरिने छ।

-NCC मकाउको कार्यलय स्थायी रुपमा स्थापना गरिनेछ। यसबाट हामीले मकाउमा लिइरहेको विभिन्न सेवा सुबिधाहरु व्यवस्थित हुन मद्दत पुग्ने छ।

-पर्यटन हाम्रो देशको आर्थिक बिकासका लागि एक महत्त्वपूर्ण क्षेत्र हो। यसको प्रवर्द्धनका निम्ति नेपाल बाहिर विभिन्न देशमा बसोबास तथा कार्यरत रहेका नेपालीहरुको बिशेष भुमिका रहन्छ। त्यसकारण, नेपाल सरकारले पर्यटन क्षेत्रमा लिएको निति अनुरुप बिदेशी भूमिमा खेल्नुपर्ने आवश्यक भुमिका तदारुकताका साथ निर्वाह गरिने छ।

-हाम्रो देशको बिभिन्न उत्पादनलाई बिदेशमा प्रबर्द्धन तथा बजारीकरण गर्न मकाउमा व्यापार तथा व्यवसायरत नेपाली व्यवसायीहरुसंग समन्वय गरेर यसका लागि आवश्यक पहल गरिने छ।

-नेपालबाट बिभिन्न उद्देश्यका साथ मकाउ आएर स्थायी वा अस्थायी रुपमा बसोबास गर्नुहुने सम्पुर्ण नेपालीहरुको समुदायगत संस्कार तथा संस्कृति संरक्षण तथा प्रबर्धन गर्न हातेमालो र सहकार्य गर्नेछु।

-हाम्रा राष्ट्रिय पर्व, सांस्कृतिक तथा धार्मिक चाडहरु पारिवारिक वातावरणमा मनाउन संघको तर्फबाट अहम् भुमिका निर्वाह गर्दै कार्यक्रमहरुको आयोजना, समन्वय तथा विभिन्न संघ संस्थाहरुसंग सहकार्य गर्नेछु।

-व्यक्तित्व बिकास, भाइचारा र सद्भावका लागि अन्तरकृया, आवश्यक बिषयमा प्रशिक्षण तथा खेलकुद लगायत विविध कार्यक्रमहरुको आयोजना गरिने छ।


प्रकाशित | २९ असार २०७८, मंगलवार ११:२२