सर्वोच्च अदालतले निष्पक्ष फैसला गर्यो : देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको फैसला स्वागतयोग्य भएको बताउनु भएको छ । उहाँले फैसलाले लोकतान्त्रिक विधिको शासनलाई जोगाएको प्रतिक्रिया दिनु भएको हो ।

उहाँले अदालतले निष्पक्ष फैसला गरेको बताउनु भएको छ। सभापति देउवाले अदालतले संविधान विपरीत गरिएका कदमलाई सच्याएको बताउँदै अदालतको फैसला ऐतिहासिक भएको उल्लेख गर्नु भयो ।

सर्वोच्च अदालतले आज प्रतिनिधिसभा विघटन बदर गरिदिएको छ । यस्तै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चले परमादेश जारी गरेको छ ।


प्रकाशित | २८ असार २०७८, सोमबार १७:००