सगरमाथासहित २० हिमाल आरोहणका लागि नेपालसहित ४२ राष्ट्रका आरोहीले पाए अनुमति

सोलुखुम्बु : सगरमाथासहित २० हिमाल आरोहणका लागि नेपालसहित ४२ राष्ट्रका आरोहीले अनुमति पाएका छन् । विभिन्न हिमाल आरोहणका लागि ७० समूहका ६१६ जना आरोहीले आरोहण अनुमति पाएका हुन्।

नेपाल पर्यटन बोर्डका अनुसार विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि १२ नेपाली सहित ३०० जनाले अनुमती पाएका छन् । अहिलेसम्म ३० समूहका ३०० जनाले सगरमाथा आरोहण अनुमति पाएका हुन्। आरोहण अनुमति लिनेमा नेपालसहित ४२ राष्ट्रका २५१ जना पुरुष र ४९ महिला रहेका छन्। जसमा नेपाली महिला ६ र पुरुष ६ जना छन्। सगरमाथाको शिखर जानेमा सबै भन्दा धेरै भारतका ५८ पुरुष र ९ महिला गरि ६७  छन् ।

यस्तै ८ हजार ५१६ मिटर उचाईको लोत्सेका लागि ७ समूहका ६६ जाना, ६ हजार ८१४ मिटर उचाइको आमादब्लम हिमाल आरोहणका लागि ४ समूहका ४१ जना, ७ हजार ८६१ मिटर उचाईको नुप्त्से हिमाल आरोहणका लागि २ समूहका २७ जना र ८ हजार ०९१ मिटर उचाइको अन्नपूर्ण हिमाल आरोहणका लागि ३ समूहका २३ जना आरोहीले अनुमति पाएका छन्। यस्तै ८ हजार ४६३ मिटर उचाइको मकालु हिमाल आरोहणका लागि ४ समूहका ५३ जनाले अनुमति लिएका छन् ।

पर्वतारोही रहेको पर्यटन बोर्डका नायव सुब्बा रामेश्वर निरौलाका अनुसार अमेरिकाका ५९ पुरुष र ४ महिला सहित ६३ जना, चिनका ३० पुरुष र १० महिला सहित ४० र बेलायतका ३६ पुरुष र ३ महिला सहित ३९ जना पर्वतारोहीले सगरमाथा चढ्ने अनुमति पाएका छन्। नर्वेका ४ पुरुष र ३ महिलासहित ७ जना, जापानका ४ पुरुष र २ महिलासहित ६ जना, हङकङ र अर्जेन्टिनाका चार चार जना पुरुषसहितले सगरमाथा आरोहणका लागि अनुमति पाएका छन्। विभिन्न कीर्तिमानी कायम गर्ने उद्देश्यले सगरमाथा आरोहण गर्ने गरिएको छ।


प्रकाशित | २९ चैत्र २०७५, शुक्रबार ०९:०३