कांग्रेसको पहिलो चरणको जनजागरण अभियान आज समापन गरिदैं

काठमाडौँ : नेपाली कांग्रेसको पहिलो चरणको जनजागरण अभियान आज शनिबार समापन गर्दैछ ।  वैशाख २५ गतेदेखि ‘हिमाल, पहाड, तराई मधेस, नेपाली कांग्रेस’ नारासहित सुरु गरेको पहिलो चरणको जनजागरण अभियान शनिबार समापन गर्न लागिएको हो । जिल्ला जिल्लामा पार्टीका केन्द्रीय सदस्य र अभियानका लागि खटाइएका नेताबाटै समापन गर्ने कांग्रेसको तयारी छ ।

कांग्रेसले पार्टीका संगठन बलियो बनाउनेदेखि सरकारका गलत क्रियाकलापविरुद्ध आमजनतालाई सचेत गराउनेसहित विभिन्न १५ उद्देश्य लिएर जनजागरण अभियान गरेको हो । दोस्रो चरणको अभियान भने बीपी जयन्तीको अवसर पारेर २४ भदौबाट सुरु गर्ने कांग्रेसको तयारी छ । दोस्रो चरणको जागरण अभियान १० असोजसम्म चल्नेछ ।


प्रकाशित | २५ जेष्ठ २०७६, शनिबार १२:०४