राष्ट्रपति भण्डारीद्धारा चीनको दोस्रो बिआरआई फोरममा सम्बोधन: यस्तो छ सम्बोधनको पूर्णपाठ

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सन् २०३० अघि नै दिगो विकासको लक्ष्य हासिल गर्दै मध्यम आय भएको राष्ट्र बन्ने बाटोमा अगाडि बढेको बताउनुभएको छ । दोस्रो बेल्ट एण्ड रोड अन्तर्राष्ट्रिय फोरम बीआरआईलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले छिमेकी लगायत अन्य मित्र राष्ट्रहरुसँग द्धिपक्षिय तथा बहुपक्षिय सहकार्य र सहयोग बढाउने नेपालको चाहना रहेको समेत बताउनुभयो । हामी सन् २०३० अघि नै दिगो विकासका लक्ष्य हासिल गर्दै मध्यम आय भएको राष्ट्र बन्न चाहान्छौं ’, राष्ट्रपति भण्डारीले सम्बोधनको क्रममा भन्नुभयो । हेर्नुहोस सम्बोधनको पूर्ण पाठ;

सम्बोधनको पूर्णपाठ

सर्वप्रथम म सिदार्थ गौतम बुद्ध, सगरमाथाको देश, नेपाल सरकार र नेपाली जनाताको तर्फबाट न्यानो अभिभादन गर्न चाहन्छु । यस महत्वपूर्ण कार्यक्रमका सहभागिताको लागि आमन्त्रण गर्नु भएकोमा महामहिम सी जिनपिङलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु । साथै, जनवादी गणतन्त्र चीनको ७० औं वर्षगाँठको अवसरमा चिनियाँ जनतालाई हार्दिक बधाई दिन चाहन्छु ।

विश्व आज परिवर्तनको मोडमा छ । संसारका धेरैजसो भागमा गरिबी घटेको छ । शिक्षा तथा स्वास्थ्यमा पहुँच सहज बनेको छ र धेरै मुलुकका अर्थतन्त्र समृद्ध बन्दै गइरहेका छन् । अभुतपूर्वको राजनीतिक क्रान्तिले संभावनाहरुको ढोका खोलिरहेको छ । आपसी सहयोगबिना यो परिवर्तन सफल हुने थिएनन । आपसी सफलताविना यी कार्यहरु सोच्न सकिने थिएन । यसका वावजुत नयाँ तथा पुराना चुनौती देखापरिरहेका छन । सम्पत्तिको असमान वितरण व्याप्त छ । विकासका प्रतिवद्धता पूरा भएका छैनन ।

करोडौं मानिसहरु गरिवीको अमानवीय चक्रमा अहिले पनि बाँचिरहेका छन् । संरक्षणवाद र एकांङ्की प्रवृती सतहमा आइरहेका छन । यसप्रकारका पश्चगामी सोचले आजका उपलब्धीलाई संकटमा पार्ने मात्र नभई भावी पुस्तालाई समेत अन्यायमा पार्नेछ । विश्वमा कुनै एक कुनाको व्याप्त गरिबी अर्कोलाई खतरा पर्न सक्छ भन्ने यथार्थ हामीले स्वीकार गर्नु पर्दछ । तसर्थ यी चुनौतीहरुको बढोत्तरीले कम होइन, अझ बढी सम्पर्क सन्जालको माग गरिरहेको छ । एशिया विश्व अर्थतन्त्रको एक प्रमुख शक्ति हो । समृद्ध विश्वको भविश्वको लागि यो क्षेत्र महत्वपूर्ण भुमिका निवार्ह गर्न सक्ने अवस्थामा छ । यही समृद्ध सभ्यता भएकाले एशियाको भविश्य सहभागिता र सहकार्यमा आधारित हुनुपर्दछ ।

बेल्ट एण्ड रोड इनिसेटिभमार्फत मानव जातिको साझा भविश्य निमार्ण गर्ने राष्ट्रपति सी जिनपिङको उद्देश्यले विशाल संभावना बोकेको छ । यो सहकार्य सहयोग र सम्पर्कको लागि एक महत्वपूर्ण क्षेत्र हो । आपसी हितको लागि संयुक्त प्रयास, न्यायोचित र समतामुलक विश्व व्यवस्थाको लागि समावेशी विकास र मानव जातिको विकास यसको मर्म हो । यसले कनेक्टीभिटीको प्रवद्र्धन, पुर्वधार विकास, बजारलाई जोड्ने तथा विभिन्न देशको सहयोग अभिवृद्धिमा जोड दिएको छ । यसले एकाङ्कीपनको सट्टा खुलापन, टकरावको सट्टा सहयोग तथा अर्थहीन खेलको सट्टा लाभमा आधारित सहयोगको प्रवद्र्धन गर्दछ ।

विश्वव्यापी रुपमा स्रोत साधनको ठुलो अभाव रहेको परिपेक्षमा दिगो विकासका लक्ष्यहरु पूरा गर्न बीआरआईले महत्वपूर्ण भुमिका निवार्ह गर्न सक्दछ । साथै विकासको फलबाट कुनै पनि राष्ट्रलाई विभेद नहुने किसिमको भविश्वको लागि बीआरआई एक माध्यम बन्न सक्दछ । नेपाल जस्तो भुपेरिवेष्ठित राष्ट्रको लागि कनेक्टीभिटी महत्वपूर्ण छ । बढ्दो कनेक्टीभिटीसंगै व्यापार, लगानी, पर्यटन तथा जनस्तरको सम्बधको लागि ढोका खुल्दछ । नेपाल चीन रेल्वेलगायत बहुआयमिक कनेक्टीभिटी नेटवर्कको विकासले नेपाल र चीनबीच मात्र नभई यस क्षेत्रका अन्य देशहरुलाई समेत कनेक्टीभिटीको लागि सहयोग पुग्दछ । लामो राजनीतिक संक्रमणपश्चात नेपालले राजनितिक स्थायित्व प्राप्त गरेको छ ।

हाम्रो अवको उद्देश्य जनताको जीवनस्तरमा देखिने गरी परिवर्तन ल्याउनु हो । हाम्रो राष्ट्रिय चाहना समृद्ध नेपाल सुखी नेपालीको उद्देश्यद्वारा निर्देशित छ । अति कम विकासित राष्ट्रबाट स्तरउन्नत हुनु हाम्रो तत्कालको उद्देश्य हो । हामी २०३० अघि नै दीगो विकासका लक्ष्य पुरा गर्ने राष्ट्र बन्न चाहन्छौ । हाम्रा विकासका चुनौती सामना गर्न छिमेकी राष्ट्रलगायत अन्य मित्रराष्ट्रहरुसंग दुई पक्षीय तथा बहुपक्षीय सहकार्य र सहयोग बढाउन चाहन्छौं ।

अन्तमा दीगो विश्व शान्ति र समृद्धी हासिल गर्न न्यायपूर्ण, निश्पक्ष, समतामुलक, समावेशी र नियममा आधारित विश्व व्यवस्था निमार्ण गर्न हाम्रो सामुहिक प्रयास अघि बढाउन अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो बेल्ट एण्ड रोड फोरम सक्षम हुने छ भन्ने विश्वासका साथ यस सम्मेलनको भव्य सफलताको लागि सुभकामना दिन चाहान्छु । धन्यवाद ।


प्रकाशित | १३ बैशाख २०७६, शुक्रबार १५:५६