एनआरएनएमा अबको नेतृत्व गैर आवासीय नेपाली नागरिकता आवश्यक पर्ने देशबाट हुनुपर्छ: सोनाम लामा

न्यूर्योक। गैर आवासीय नेपाली संघ (एनआरएनए ) का उपाध्यक्ष सोनाम लामाले अबको नेतृत्व गैर आवासीय नेपाली नागरिकता आवश्यक पर्ने देशबाट हुनुपर्ने बताउनु भएको छ । गैर आवासीय नेपाली नागरिकताको विषय अमेरिकाबासी नेपालीहरुको लागि महत्वपूर्ण भएको बताउँदै उपाध्यक्ष लामाले नेपाली नागरिकता आवश्यक पर्ने देशबाट नेतृत्व भए मात्र एनआरएनको मुद्दा कार्यान्वयन हुने बताउनु भयो ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको दशौ वार्षिकोत्सवको अवसरमा सम्बोधन गर्नुहुँदै उपाध्यक्ष लामाले नेपाली नागरिकताको विषय संविधानमा लेखिएको भए पनि कानुन बन्न बाँकि रहेकाले अबको नेतृत्व नेपाली नागरिकता आवश्यक पर्ने देशबाट भए मात्र कार्यान्वयन सम्भव हुने बताउनु भएको हो ।

‘हामी केहि मुलुकमा बसोबास गर्ने बाहेकका अन्य मुलुकमा बसोबास गर्ने नेपालीहरुको लागि नेपाली नागरिकताको निरन्तरता त्यती महत्वको विषय नहुन सक्छ’, उहाँले भन्नु भयो । उहाँले अबको नेतृत्व अमेरिकाले गर्न आवश्यक रहेकाले त्यसको लागि एनआरएनए अमेरिकाको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्नु भयो ।

नेपाली नागरिकता निरन्तरता कार्यदलको सभापतिको नाताले यस विषयमा नेपाल सरकारको निरन्तर ध्यानर्कषण गराउँदै सम्बन्धित निकायसँग सम्पर्कमा रहेको र त्यससम्बन्धी कार्यमा निरन्तर लागिरहेको पनि उहाँले बताउनु भयो । एनआरएनए अमेरिकालाई सबैभन्दा बलियो एनसिसी बनाउन लागिपर्नुपर्नेमा पनि उहाँले जोड दिनु भयो ।

प्रजातन्त्रको सुन्दर पक्षले नै निर्वाचन भएको बताउँदै उहाँले निर्वाचनमा हार जीत हुनु स्वभावीक भएकाले निर्वाचनमा परिणाम के आयो भन्दा पनि संस्थाको हितमा काम गर्नुपर्छ भन्ने भावनाले अगाडि बढनु पर्ने बताउनु भयो । साथै सो अवसरमा उहाँले नवनिर्वाचित कार्यसमितिलाई बधाई समेत दिनु भयो ।


प्रकाशित | २० असार २०७८, आईतवार २२:१०