संसदीय मर्यादाविपरीतका शब्द संसदको अभिलेखबाट हटाइयो

 

काठमाडौं: वैशाख २४ गतेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग कांग्रेस सांसदले बोलेका र प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने क्रममा व्यक्त भएका संसदीय मर्यादाविपरीतका शब्द संसदको अभिलेखबाट हटाइएको छ ।

आजको बैठकको शुरुमै सभामुख कृष्णवहादुर महराले अघिल्लो बैठकमा प्रधानमन्त्री र सांसदहरु दुवै पक्षबाट प्रयोग भएका त्यस्ता शब्दहरु संसद सचिवालयको अभिलेखबाट हटाउन दिर्नेशन दिएका हुन् ।

बैठक शुरु गर्दै सभामुख महराले भने, ‘सरकारको नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीको स्पष्टीकरण र जिज्ञासाका क्रममा व्यक्त भएका संसदीय मर्यादा अनुकूल नभएका शब्द अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिन्छु ।गत २४ गते प्रधामनन्त्रीले जवाफ दिने क्रममा कांग्रेस सांसद् र प्रधामनन्त्री ओलीबीच भनाभन भएको थियो ।


प्रकाशित | २७ बैशाख २०७६, शुक्रबार १२:२७