वृद्धभत्ता बढेन, सामाजिक सुरक्षा भत्ताका लागि ६७ अर्ब ५० करोड

काठमाडौं : आर्थिक वर्ष २०७७÷७८ का लागि सरकारले सामाजिक सुरक्षा भत्ताका लागि साढे ६७ अर्ब रुपैयाँ बिनियोजन गरेको छ । तर यसवर्ष वृद्धभत्ता भने बढेको छैन ।

बिहीबार अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै सबै सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिँदै उक्त बजेट बिनियोजन गरिएको बताउनुभयो ।

उहाँले सामाजिक सुरक्षा भत्तालाई जीवनचक्रमा आधारित बनाइने बताउँदै अपांग, एकल महिला, लोपन्मुखलगायतका विशेष सुरक्षा दिइने बताउनुभयो ।


प्रकाशित | १५ जेष्ठ २०७७, बिहीबार १७:०६