विश्वभरका २७ जनसम्पर्क समितिले नेपाललाई पठाए १ करोड ३२ लाख सहयोग, कसको कति ? (सूचीसहित)

काठमाडौँ । नेपाली कांग्रेस सम्बद्ध विश्वभरका जनसम्पर्क समितिले नेपाललाई १ करोड ३२ लाख सहयोग पठाएका छन् । कोभिड महामारीको रोकथाम तथा उपचार सहयोगका लागि विश्वभरका २७ जनसम्पर्क समितिले १ करोड ३२ लाख ३४ हजार ७८३ रकम नेपाललाई पठाएका हुन् ।

कोभिड रोकथाम एवं उपचारका लागि आर्थिक संकलन समितिका संयोजक तथा जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टले संकलित रकम नेपाली काँग्रेसको बैंक खातामा जम्मा गरिसकिएको बताउनु भयो । संयोजक विष्टले सहयोगी सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनु भयो ।

कांग्रेस केन्द्रीय कार्यालयबाट जेठ २ गते सभापति शेरबहादुर देउवाद्वारा सम्पूर्ण जनसम्पर्क समितीहरुलाई कोरोना रोकथाम र उपचारमा सहयोग सम्बन्धमा परीपत्र गरे लगतै सहमहामन्त्री डाक्टर प्रकाशशरण महतको केन्द्रीय समितिको बैठक बसी पार्टीको निर्देशन अनुसार सहयोग रकम संकलन गर्ने निर्णय गरेको थियो।

पार्टीको परिपत्र र निर्देशन प्राप्त भएपछि पार्टीद्वारा सहमहामन्त्री डाक्टर प्रकाशशरण महतको संयोजकत्वमा गठित कोभिड १९ अनुगमन समिति, नेपाली जनसम्पर्क समन्वय समिति, सबै मुलुकका जनसम्पर्क समितिका अध्यक्षहरु र एनआरएनएमा आवद्ध कांग्रेस निकटहरुसंग सामुहिक छलफल गरी रकम संकलन सुरु गरिएको थियो।

डाक्टर महत, केन्द्रीय सदस्य एन पी साउद र जनसम्पर्क समन्वय विभाग प्रमूख गोविन्द भट्टराई लगाएत सम्पूर्ण जनसंपर्क समितीका अध्यक्ष र एनआरएनका सदस्यहरु सहभागी संयुक्त बैठकले जनसम्पर्क समितिहरुको तर्फबाट रकम संकलनका लागि समन्वय गर्नेगरी विष्टलाई संयोजनको जिम्मेवारी दिएको थियो।

काङ्ग्रेसले जनसम्पर्क समितिसँग जोडिएका संघ–संस्था, गैर आवासीय संघका पदाधिकारी एवं सदस्यहरु तथा अन्य व्यक्तिहरुबाट आर्थिक सहयोग भएको उल्लेख गरेको छ। उदारतापूर्वक प्राप्त सहयोग रकम र कोभिड -१९ को प्रयोजनको लागि गरिएको खर्चको विवरणको अभिलेख पार्टी केन्द्रमा राखिने काङ्ग्रेसले जनाएको छ। देश कोरोना माहामारी देखी बाढि पहिरोले संकट परेको बेला नेपाली कांग्रेसको शुभेच्छुक सस्थाहरुद्वारा पार्टीको आव्हानमा बिभिन्न योगदान गर्दै आईरहेको छ ।

कसको कति सहयोग ?

१. नेपाली जनसम्पर्क समिति,अमेरिका : रु. ४८,००,०००.००

२. नेपाली जनसम्पर्क समिति,जापान : रु. ११,६७,५०९.००

३. नेपाली जनसम्पर्क समिति,जर्मनी: रु. ८,०८,२१२.००

४. नेपाली जनसम्पर्क समिति,बेल्जियम: रु. ७,७५,०००.००

५. नेपाली जनसम्पर्क समिति,बेलायत: रु. ६,५५,०००.००

६. नेपाली जनसम्पर्क समिति, साइप्रस: रु. ५,४१,६६८.००

७. नेपाली जनसम्पर्क समिति,पोर्चुगल: रु. ४,५३,५३४.००

८. नेपाली जनसम्पर्क समिति,कोरिया: रु. ४,३९,६५५.००

९. नेपाली जनसम्पर्क समिति, हङकङग: रु. ४,२२,६२३.००

१०. नेपाली जनसम्पर्क समिति, कतार: रु. ३,५०,०००.००

११. नेपाली जनसम्पर्क समिति,युएइ: रु. ३,५०,०००.००

१२. नेपाली जनसम्पर्क समिति,डेनमार्क: रु. ३,२७,२२७.५५

१३. नेपाली जनसम्पर्क समिति, स्पेन: रु. २,६२,०३२.००

१४. नेपाली जनसम्पर्क समिति,अष्ट्रेलिया: रु. २,३२,३२३.००

१५. नेपाली जनसम्पर्क समिति,नर्वे: रु. २,१५,०००.००

१६. नेपाली जनसम्पर्क समिति,आयरल्याण्ड: रु. २,००,०००.००

१७. नेपाली जनसम्पर्क समिति,क्यानडा: रु. २,००,०००.००

१८. नेपाली जनसम्पर्क समिति,साउदी अरब: रु. २,००,०००.००

१९. नेपाली जनसम्पर्क समिति,कुबेत: रु. १,५०,०००.००

२०. नेपाली जनसम्पर्क समिति,बहराइन: रु. १,१५,०००.००

२१. नेपाली जनसम्पर्क समिति,इजरायल: रु. १,००,०००.००

२२. नेपाली जनसम्पर्क समिति,मलेशिया: रु. १,००,०००.००

२३. नेपाली जनसम्पर्क समिति,फ्रान्स: रु. १,००,०००.००

२४. नेपाली जनसम्पर्क समिति,ओमन: रु. १,००,०००.००

२५. नेपाली जनसम्पर्क समिति,स्वीट्जरल्याण्ड रु. १,००,०००.००

२६. नेपाली जनसम्पर्क समिति,न्यूजिल्याण्ड: रु. ५०,०००.००

२७. नेपाली जनसम्पर्क समिति,माल्टा: रु. ५०,०००.००


प्रकाशित | १८ असार २०७८, शुक्रबार ०९:१२