ओमानमा कोरोनाको संक्रमणदर बढ्यो, सचेत रहन नेपालीहरुलाई दूतावासको अपिल

मस्कट । ओमानमा कोरोनाको संक्रमणदर बढ्न थालेपछि नेपाली दूतावास ओमानले नेपालीहरुलाई सचेत रहन आग्रह गरेको छ । नेपाली दूतावास ओमानले सार्वजनिक सुचना जारी गर्दै कोरोनाको दर बढ्दो रहेकाले जोखिमबाट बच्न पर्याप्त मात्रामा सामाजिक दुरी कायम गर्न एवं रोकथामका सम्पूर्ण उपायहरू अवलम्बन गर्न ओमानमा रहेका नेपालीहरुलाई आग्रह गरेको हो ।

हालसम्म ओमानमा कोरोनाको कारण ५ जना नेपालीहरूको मृत्यु भइसकेको छ भने केही नेपालीहरु उपचाररत अवस्थामा रहेका छन् । दुतावासले नेपालीहरुलाई आ–आफ्नो कम्पनी÷स्पोन्सरमार्फत खोप लगाउन पनि अनुरोध गरेको छ ।

नेपाल लगायत विदेशबाट ओमान गएका यात्रुहरूले अनिवार्य रूपमा ७ दिन क्वारेन्टिन बस्नुपर्ने छ । ओमानमा कोरोनाभाइरसको अनुगमन÷मुल्याङ्कन गरिरहेको ओमानको सर्वोच्च कमिटीको पछिल्लो निर्णयानुसार रात्रीकालीन लकडाउन लागु गरिएको छ ।

ओमानमा बुधबारको तथ्यांक हेर्दा २ हजार ९ जना कोरोना संक्रमित थपिएका छन् भने पछिल्लो समय जुन १७ देखि ३० तारिख अर्थात बुधबारसम्म २७ हजार ८३७ जनामा कोरोना संक्रमण भएको छ ।


प्रकाशित | १७ असार २०७८, बिहीबार १८:२६