कांग्रेसका जिल्ला कोषाध्यक्षहरुकोे तेस्रो राष्ट्रिय सम्मेलन पोखरामा सुरु

कास्की : नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्षहरुको तेस्रो राष्ट्रिय सम्मेलन बिहीबारदेखि पोखरामा सुरु भएको छ । सम्मेलन कांग्रेसका सभापति शेरबहादुर देउवाले भेलाको औपचारिक रुपमा उद्घाटन गर्नुभएको हो । पोखरामा बिहीबारदेखि सुरु भएको सम्मेलन शुक्रबार सम्म चल्नेछ । पार्टीलाई चलायमान र सुदृढ बनाउने उद्देश्यले सम्मेलन आयोजना गरिएको नेपाली कांग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमितिका अध्यक्ष गोविन्द पुडासैनीले बताउनुभयो ।

सो अवसरमा बोल्नुहुँदै सभापति देउवाले पार्टीभित्रको गुटबन्दी अन्त्य गर्न सबै एकजुट भएर लाग्न आग्रह गर्नुभयो । कांग्रेसमा लागेको रोगलाई निर्मूल पार्दै आफ्नै पार्टीभित्र पनि गलत कार्य गर्नेलाई कारबाही गरेर अगाडी बढ्ने बताउनुभयो । पार्टी अन्तरघातमुक्त बनाएर अगाडि बढ्नुपर्ने उहाँको भनाइ छ ।

सम्मेलनलाई सम्बोधन गर्दै पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र महासचिव वर्तमान सरकारले १ वर्षको अवधिमा कुनै काम गर्न नसकेको आरोप लगाउनुभयो । महामन्त्री शशांंक कोइरालाले पार्टीमा एकरुपता ल्याउन महामन्त्रीको हैसियतले जस्तोसुकै कार्य पनि गर्ने बताउँद अब कांग्रेस एकढिक्क भएर अगाडि बढ्नुको विकल्प नभएको धारणा राख्नुभयो ।


प्रकाशित | २८ चैत्र २०७५, बिहीबार १९:०६