टर्कीले लगायो नेपालसहित सात मुलुकका नागरिकलाई प्रतिबन्ध

काठमाडौं। कोभिड १९ तेस्रो लहर सुरु भएसँगै टर्की सरकारले नेपालसहित सात मुलुकका नागरिक आगमनमा प्रतिबन्ध लगाएको छ। टर्कीले सीधा उडानमार्फत नेपाल, बंगलादेश, ब्राजिल, दक्षिण अफ्रिका, भारत, श्रीलंकालगायत सात मुलुकका नागरिकलाई आगमनमा प्रतिबन्ध लगाएको हो।

आगमनमा प्रतिबन्ध लगाइए पनि टर्कीस एयरलाइन्सको नियमित उडानमार्फत इस्तानबुल ट्रान्जिट हुँदै युरोप, अमेरिका लगायतका मुलकमा भने जान सकिने समाचारमा जनाइएको छ । नेपाल सरकारले अन्तर्राष्ट्रियतर्फको नियमित उडान खुला गरेसँगै टर्कीसले साताको मंगलबार, बिहीबार र शनिबार गरी तीन उडान गर्दै आएको छ।


प्रकाशित | १६ असार २०७८, बुधबार १६:४७