‘समृद्ध नेपाल, सुखी नेपाली’ का ५५ सूचक, नौ राष्ट्रिय लक्ष्य

काठमाडौं : समृद्ध नेपाल, सुखी नेपालीका लागि नौ राष्ट्रिय लक्ष्य तय गरिएको छ । साथै सो लक्ष्य प्राप्तिका लागि ५५ सूचक छन् । काठमाडौंमा बुधबारदेखि सुरु भएको राष्ट्रिय विकास परिषद्को बैठकमा आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलकाअनुसार १५औँ पञ्चवर्षीय योजना कार्यान्वयन पूरा हुने आर्थिक वर्ष २०८० ८१ सम्म प्राप्त गर्नुपर्ने लक्ष्यलाई सूचकमा राखिएको छ । राष्ट्रिय सूचकमध्ये समृद्धिका ३२ वटा छन् भने सुखका २३ वटा छन् ।

समृद्ध नेपाल, सुखी नेपालीका नौ राष्ट्रिय लक्ष्य

. उच्च र समतामूलक राष्ट्रिय आय

२. मानव पुँजी निर्माण तथा सम्भावनाको पूर्ण उपयोग

. सर्वसुलभ तथा आधुनिक पूर्वाधार र सघन अन्तरआबद्धता

४. उच्च र दिगो उत्पादन तथा उत्पादकत्व

. परिष्कृत तथा मर्यादित जीवन

. सभ्य र न्यायपूर्ण समाज

७. स्वस्थ र सन्तुलित पर्यावरणीय पद्धति

८. सुशासन

. कानुनी शासन


प्रकाशित | २१ चैत्र २०७५, बिहीबार ११:०७