माओवादी आफ्नै तागतमा चुनावमा जान्छः प्रचण्ड

काठमाडौँ ।नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन बनाएर भन्दा पनि पार्टी आफ्नौ तागतले चुनाव जाने बताउनुभ्एको छ ।

बिहीबार प्रेस सेन्टरले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले आफ्नै एजेण्डा लिएर जनतामा जाने पार्टीको पहिलो प्राथमिकता रहेको बताउनुभयो । त्यसपछि मात्रै गठबन्धन पार्टीको विकल्प हुने उहाँको भनाइ छ ।

पार्टीको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको लागि रुपन्देही आउनुभएको प्रचण्डले निर्वाचनको तयारीमा केन्द्रीय कमिटी लागेको पनि बताउनुभयो । प्रचण्डले तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुने पनि जानकारी दिनुभयो ।


प्रकाशित | ३ चैत्र २०७८, बिहीबार १३:०१