ग्लोबल गोरखा समाजले पठाएको ४० थान अक्सिजन कन्सनट्रेटर हस्तान्तरण कार्यक्रम सम्पन्न

गोरखा । प्रवासमा रहेका गोरखालीहरुको अभिभावक संस्था ग्लोबल गोरखा समाजले गोरखा जिल्ला भित्रका स्थानीय तहहरुमा रहेका स्वास्थ्य केन्द्रहरुमा ४० थान अक्सिजन कन्सनट्रेटर हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।  समाजले करिब ७० लाख बराबरको अक्सिजन कन्सनट्रेटर हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको हो ।

मातृभुमी नेपालमा अक्सिजन अभावमा कसैले पनि अकालमा ज्यान गुमाउनु नपरोस भन्ने उद्देश्यले सहयोग गरिएको समाजले जनाएको छ । दोस्रो चरणको प्रभाव देखिए लगत्तै समाजले गोरखा समाज जापान संगको सहकार्यमा पहिलो चरणमा ८ लाख बराबरको अत्यावश्यक स्वास्थ्य सामाग्री जिल्लाका सबै स्थानीय तहका स्वास्थ्य केन्द्रहरुमा पठाएको थियो।

विनय अधिकारीको नेतृत्वमा रहेको समाजले प्रवासमा बस्ने गोरखालीहरुको सहयोगमा हाल सम्मकै सबैभन्दा ठुलो सहयोग गृहजिल्लामा पठाऊन सफल भएको हो। समाजको स्वास्थ्य विभाग अन्तर्गत रहेको कार्यक्रममा ४ छुट्टा छुट्टै उपसमिति गठन गरेर कार्य विभाजन गर्दै अभियान संचालन गरेको समाजले जनाएको छ।

अध्यक्ष विनय अधिकारीको संयोजकत्वमा पब्लिक रिलेशन उपसमिति ,उपाध्यक्ष तथा स्वास्थ्य विभाग संयोजक गोकर्ण प्रसाद ढकालको संयोजकत्वमा खरिद उपसमिति, कोषाध्यक्ष आकाश बन्जाराको संयोजकत्वमा फण्डराईजिङ उपसमिति, नेपाल संयोजक विनोद पोखरेलको संयोजकत्वमा नेपाल संयोजन उपसमिति गठन भएको थियो।

अन्य उप-समितिका सदस्यहरुमा उपाध्यक्ष नारायण भट्ट (अमेरिका), उपाध्यक्ष यदु लामिछाने (द.कोरिया), उपाध्यक्ष बिनिता रेग्मी खनाल (युरोप), श्रीकृष्ण भट्टराई (कतार), महासचिव त्रिलोचन पोखरेल (अष्ट्रेलिया) सचिवद्वय शकुन्तला गुरुङ (बेलायत), विराट खनाल (जापान), सह कोषाध्यक्ष बम गुरुङ, (बेलायत), केन्द्रीय सदस्य प्रकाश बस्ताकोटी, (अष्ट्रेलिया) रामजी खत्री (कतार), कमला लम्साल काप्री (जापान) रहनु भएको थियो भने क्यानडा संयोजकमा उपाध्यक्ष रश्मी थापालाई जिम्मेवारी तोकिएको हो ।

समाजले ८ असारका दिन जिल्ला समन्वय समिति गोरखाको प्रागङगणबाट निवर्तमान राष्ट्रिय सभा सदस्य नेका नेता तथा केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा जिल्ला भित्रका राजनितिक दल, प्रमुख जिल्ला अधिकारी,जिल्ला समन्वय समिति गोरखाका सभापति, गोरखा नगरपालिका प्रमुख, पत्रकार महासंघ गोरखा शाखाका अध्यक्षको विशेष आतिथ्यतामा पत्रकार सम्मेलन गरेर सहयोग केहि स्थानीय तहहरुलाई हस्तान्तरण गर्नुका साथै सहयोग पुर्याईने स्थानीय तहमा रहेका स्वास्थ्य केन्द्रहरुको नामावली सार्वजनिक गरेको थियो।

समाजका अध्यक्ष अधिकारीको अध्यक्षतामा भएको कार्यक्रम संचालन समाजका नेपाल संयोजक विनोद पोखरेलले गर्नु भएको थियो भने वक्ताहरुमा नेपाल समन्वय समितीका सदस्यद्वय मोहन भट्टराई, पत्रकार महासंघ गोरखा शाखाका अध्यक्ष नरहरि सापकोटा, ने.का.का नेता सुरेन्द्रराज पाण्डे, जिल्ला समन्वय समिति सभापति अशोक कुमार गुरुङ, प्रमुख जिल्ला अधिकारी गौतम शर्मा पौडेल, गोरखा नगरपालीका प्रमुख राजनराज पन्त, ने.का. गोरखाका सचिव युवा नेता नन्द प्रसाद न्यौपाने, नेकपा एमालेका नेता कमल दानी, जसपाका जिल्ला सचिव विपिनचन्द्र ढकाल लगायतले आफ्ना महत्वपुर्ण विचारहरु राख्नु भएको थियो।

समाजले समाजका विगत देखिका कामहरुमा समन्वयकारी भूमिका निर्वाह गरेको भन्दै प्रमुख अतिथि सुरेन्द्रराज पाण्डे विशेष अतिथिद्वय जिल्ला समन्वय समिति सभापति अशोक कुमार गुरुङ र पत्रकार महासंघ गोरखा शाखाका अध्यक्ष नरहरि सापकोटालाई प्रशंसा पत्र हस्तान्तरण गर्दै सम्मान गरेको थियो।

त्यसैगरी अन्य उपस्थितिहरुमा शहिद लखन गाँऊपालिका वडा नम्बर ७ का वडा अध्यक्ष शरण श्रेष्ठ जिल्ला भित्रका पत्रकार, सुरक्षा तहका प्रमुखहरु र सामाजिक संघ संस्थाका प्रतिनिधि लगायतल प्रमुखहरुको उपस्थिति रहेको थियो।

समाजले गोरखा नगरपालिकालाई ४ थान ,धार्चे गाउपालिका लाई २ थान चुमनुर्बी गाऊपालिका लाई २ थान शहिद लखन गाँऊपालिका लाई ४ थान र नेपाल आर्मी गोरखा लाई १ थान सोहि कार्यक्रम बाट हस्तान्तरण गरेको थियो भने सोहि दिन समाजका प्रतिनिधिहरुले पालुङगटार नगरपालिका लाई ४ थान, सिरान्चोक गाँऊपालिका लाई ४ थान बारपाक सुलिकोट गाँऊपालिका लाई ४ थान पालुङगटार नगरपालिकाको कार्यालयमा एक कार्यक्रमका बिच हस्तान्तरण गरेको थियो।

समाजले गत बुधबार भिमसेन थापा गाउँपालीकाको कार्यालयमा उपस्थित भएर ४ थान अक्सिजन कन्सनट्रेटर गाउँपालीका अध्यक्ष ईश्वर पाण्डेलाई हस्तान्तरण गरेको छ भने आरुघाट गाउँपालीकाको लागी छुट्याइएको उपकरण गाँउपालिका प्रमुख पुर्ण दाहाल कोरोना संक्रमण भएर आईसोलेसनमा रहेको जानकारी भए पश्चात जिल्ला समन्वय समिति गोरखालाई जिम्मा लगाईएको समाजका नेपाल संयोजक विनोद पोखरेलले जानकारी दिनु भएको छ ।

समाजले गण्डकी गाउँपालिकामा शनिवारका दिन साबिकको फुजेल गाविस गण्डकी गाउँपालीका वडा नम्बर ३ मा एक कार्यक्रमका बिच समाजका अग्रज व्यक्तित्व धर्म प्रसाद तिवारीको उपस्थितमा ५ थान अक्सिजन कन्सनट्रेटर हस्तान्तरण गरेको थियो।

गण्डकी गाउँपालिकामा भएको हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा गाउँपालीका अध्यक्ष होम बहादुर राना मगर उपस्थित हुने तयारी भए पनि अविरल बर्षातका कारण सडक बिग्रीएर अध्यक्ष राना उपस्थित हुन नसके पश्चात वडा नम्बर ३ का वडा अध्यक्ष नवराज श्रेष्ठको प्रमुख आतिथ्यतामा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको समाजका अध्यक्ष विनय अधिकारीले जानकारी दिनु भएको छ ।


प्रकाशित | १४ असार २०७८, सोमबार १०:५९