काठमाडौं । गैर आवासीय नेपाली संघले एनआरएनए अमेरिकाबाट केन्द्रीय महाधिवेशनको लागि हुने प्रतिनिधीहरुको निर्वाचन स्थगित गर्न निर्देशन दिएको छ । संघले निर्वाचनको प्रकृयालाई लिएर असमझदारी देखिएको भन्दै हाललाई प्रतिनिधिहरुको निर्वाचन स्थगित गर्न निर्देशन दिएको हो ।
गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त र महासचिव डा. हेम राज शर्माले एक परिपत्र गर्दै संघको संशोधित विधान २०२१ अनुसार एनआरएनए एनसीसीको विधान संशोधन गरी सम्पूर्ण पन्जिकृत सदस्यहरुबाट २५ प्रतिशत प्रतिनिधिहरुको प्रत्यक्ष निर्वाचन गर्न निर्देशन दिनु भएको हो ।
पत्रमा संघको विधानमा व्यवस्था भए अनुसार ६५ प्रतिशत प्रतिनिधिको छनौट अहिलेको कार्यसमिति र बाँकि १० प्रतिशत छनोट नयाँ
कार्यसमितिले गर्न समेत अनुरोध गरिएको छ ।

प्रकाशित | १४ असार २०७८, सोमबार ०९:१४