एनआरएनए स्वीटजरल्याण्डको अध्यक्षमा शुभ एल्मर लामाको उम्मेदवारी घोषणा

स्वीटजरल्याण्ड । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्वीटजरल्याण्डका अध्यक्षमा शुभ एल्मर लामाले उम्मेदवारी घोषणा गर्नु भएको छ । लामो समय देखि स्वीटजरल्याण्ड बस्दै आउनु भएकी लामा एनआरएनए स्वीटजरल्याण्डको स्थापना काल देखिनै सक्रिय रहँदै आउनु भएको छ ।  त्यस्तै, २०१५–२०१९ को दुई कार्यकाल महिला संयोजक र २०१९–२०२१ को कार्यकाल उपाध्यक्ष पदमा रही कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरिसक्नु भएको छ ।

यस्ता छन् शुभ एल्मर लामाका प्रतिबद्धताहरु:-

–गैर–आवासीय नेपाली संघ स्वीटजरल्याण्डलाई अझ सबल, सृदुढ, प्रभावकारी र भरपर्दो एवम परिणाममुखी बनाउने छु ।

–मेरो कार्यकालमा म यो गर्छु त्यो गर्छु भनि अनावश्यक एवम ठुल्ठुला कुराहरु गर्ने छैन ।

संघको मूलमन्त्र ( क्यिनबल ) नेपालीका लागि नेपाली (फर नेपाली बाई नेपाली ) लाई मध्यनजर गर्दै निम्न ३ एजेण्डाहरु प्रस्तुत गरेको छु ।

१. हाम्रो गैर आवासीय नेपाली संघ स्वीटजरल्याण्डले विश्वबासी नेपालीहरुलाई आपत बिपत्त परेको बेलामा समस्या समाधान गर्ने र त्यसका लागि हामी सधैं तयारीमा बस्ने ।

२. गैर–आवासीय नेपाली संघको बिधान अनुसार हामीले पनि स्वीटजरल्याण्डको रास्ट्रिय समन्वय परिषद स्वीटजरल्याण्डलाई नेपाली राजनैतीक प्रभाब पर्न नदिने ।

३.  गैर आवासीय नेपाली संघ स्वीटजरल्याण्डमा दोस्रो पुस्ताहरुलाई भित्राउने तथा उनीहरुलाई कार्यसमितिमा ल्याउने ।

साथ साथै भैरहेको कुराहरुलाइ निरन्तरता गर्ने जस्तै:-

१, गैर–आवासीय नेपाली संघ स्वीटजरल्याण्डले नेपालमा भैपरि आएको महामारी एबं आपत विपत्तमा तुरुन्तै सहयोग गर्ने ।

२. गैर–आवासीय नेपाली संघ स्वीटजरल्याण्डले सानो तिनो आयोजना (प्रोजेक्ट ) नेपालमा लैजाने ।

, गैर–आवासीय नेपाली संघ स्विटजरल्याण्डले सधै झै नेपाली दुतावास जेनेभासंग सहकार्य गर्ने।

, गैर आवासीय नेपाली संघ स्वीटजरल्याण्डले सधै झै बिभिन्न सँघ सस्थाहरुसँग राम्रो सम्बन्ध राख्ने ।


प्रकाशित | ७ असार २०७८, सोमबार १८:३१