ग्लोबल गोरखा समाजले पठायो ४० थान अक्सिजन कन्सनट्रेटर

काठमाडौ। विदेशमा रहेका गोरखाबासी नेपालीहरुले रकम संकलन गरि ४० थान अक्सिजन कन्सनट्रेटर नेपाल पठाएका छन् । ग्लोबल गोरखा समाजले सञ्चालन गरेको एक अक्सिजन कन्सनट्रेटर दुई जीवनदान अभियान अन्तरगत संकलीत रकमबाट ४० थान अक्सिजन कन्सनट्रेटर खरिद गरि नेपाल पठाइएको हो ।

विभिन्न देशमा रहेका गोरखा समाजहरुबाट सहयोग संकलन गरि दोस्रो चरणको स्वास्थ्य सामाग्री अन्तरगत ४० थान १० लिटरका अक्सिजन कन्सनटेटर त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा रहेको भन्सार कार्यालयमा आवश्यक प्रक्रिया पुरा गरि प्राप्त गरेको ग्लोबल गोरखा समाजका अध्यक्ष विनय अधिकारीले बताउनु भयो ।

चीनबाट खरिद गरि पठाइएका ती अक्सिजन कन्सनट्रेटर आज ग्लोबल गोरखा समाजका अध्यक्ष विनय अधिकारी र नेपाल प्रमुख विनोद पोखरेलले बुझी लिनु भएको हो । अध्यक्ष अधिकारीले केहि दिनभित्रै गोरखाका विभिन्न हस्पिटललाई ती अक्सिजन कन्सनट्रेटर हस्तान्तरण गरिने बताउनु भयो

त्यस्तै, ग्लोबल गोरखा समाजका उपाध्यक्ष तथा स्वास्थ्य विभाग प्रमुख गोर्कण ढकालले चीनबाट खदिर गरि ती ती अक्सिजन कन्सनट्रेटर नेपाल पठाइएको बताउनु भयो । नेपालमा कोरोना महामारी भयावह रुपमा बढिरहेको र अक्सिजन नपाएर अकालनमा मृत्यवुरमा गरिरहेको घटनाले दुखी बनाएपछि अभियान सञ्चालन गरि रकम संकलन गरेर अक्सिजन कन्सनट्रेटर नेपाल पठाइएको बताउनु भयो ।

ग्लोबल गोरखा समाजले अहिले १ लाख बराबरको लागत पर्न आउने र २ जना बिरामीको लागी प्रत्यक्ष प्रयोग गर्न सकिने कुल ६६ स्वास्थ्य चौकी र अस्पतालहरुमा कम्तिमा १ स्वास्थ्य चौकी, १ अक्सिजन कन्सनट्रेटर, १ प्राथमिक उपचार केन्द्र २ अक्सिजन कन्सनट्रेटर र १ हस्पिटल ४ अक्सिजन कन्सनट्रेटर उपलब्ध गराउने उद्देश्यका साथ १ अक्सिजन कन्सनट्रेटर २ जीवनदान अभियान सञ्चालन गरिरहेको छ ।


प्रकाशित | २ असार २०७८, बुधबार १७:४३