यूएईमा समस्यामा परेका नेपालीलाई एनआरएनएको राहत, पाँच सयभन्दा बढीलाई वितरण

यूएई : गैर आवासीय नेपाली संघ (एनआरएनए ) यूएईले कोरोना महामारीको कारण समस्यामा परेका ५ सय भन्दा बढी नेपालीलाई राहत वितरण गरिसकेको जनाएको छ ।

२ लाख ७५ हजार भन्दा बढी नेपाली रहेको यूएईमा एनआरएनएले आर्थिक संकलन गदै समस्यामा परेका नेपालीलाई राहत वितरण तीब्र बनाएको हो । एनआरएनए यूएईका अध्यक्ष प्रकाश कोईरालाका अनुसार अहिलेसम्म ५ सय २५ जना नेपालीलाई अत्यावश्यक दाल, चामाल, नुन, तेल जस्ता सामाग्री सहयोग गरिसकिएको छ ।

युएई एनसीसीमा अध्यक्ष प्रकाश कोईरालाको संयोजकत्वमा मूल समिति र यूएईका सातै राज्यमा संघका पदाधिकारी संयोजक रहने गरि क्षेत्रीय समिति परिचालन गरि राहत वितरणलाई तीब्रता दिइएको छ ।

अध्यक्ष कोईरालाका अनुसार एनसिसीमा ७ लाख नेपाली रुपैयाँ वरावरको कोष खडा गरि राहत टिम बनाएर राहत वितरण जारी राखिएको हो । कोषमा थप ५० हजार समेत जम्मा भएको छ

यूएईमा कोरोना नियन्त्रणको लागि भन्दै सरकारले लकडाउन जारी राखेको अवस्थामा संघले विभिन्न क्षेत्रमा समस्यामा परेका नेपालीको जानकारीको आधारमा सम्बन्धति ठाउँमा राहत पुर्याइहेको अध्यक्ष कोईरालाले बताउनुभयो ।

यूएईमा लकडाउनको अवधिमा संघका उपाध्यक्ष पासांग शेर्पाको नेतृत्वमा दुबई पुलिसबाट अनुमति लिएर आवश्यक सुरक्षाका साथ फिल्डमा नेपाली श्रमीक बस्ने घरघर गएर पिडितहरुलाई भेटने, मोटीभेट गर्ने र राहत सामग्री दिने काम भइरहेको छ । जून टीममा मध्य पूर्व उपसंयोजक (डिआरसी ) मनोज गोर्खाली, एनसिसी युवा संयोजक मदन अधिकारी र सदस्य सुजन सापकोटा रहनु भएको छ । डिआरसी गोर्खाली समग्र मध्य पूर्वको जानकारी लिनको साथै यूएईमा समस्यामा परेका नेपालीको उद्दारमा समेत अहोरात्र खटिरहनु भएको छ ।

यूएईमा जागीर गुमाएका, भिज़िट भिसामा आएका विद्यार्थी, र नेपालमा आफन्त गुमाएर काजक्रिया ग़र्न जान नपाई लक़डाउनमा परेर अलपत्र परी नेपाल जान चाहने नेपालीहरूको लागी गूगलमा लिंक बनाई अनलाइन डाँटा संकलन गर्ने कार्य समेत शूरु गरिएको छ ।

अहिलेसम्म ४ हजार पीडितहरूले आफ्नो डाँटा लिंकबाट अप्डेट गरिसकेको अध्यक्ष कोईरालाले जानकारी गराउनुभयो । सो कार्यको संयोजन एनसीसी उपाध्यक्ष नरेश शेनले गरिरहनु भएको छ ।

त्यस्तै, महामारीको बेला जन्म भूमिका लागी केही गर्ने हेतुले १७५ पिस पिपिई ख़रीदको लागी संगठनका सदस्यहरुबाट रक़म संकलन गरी युएईका महासचिव निश्चल दाहालको संयोजनमा नेपालमै पिपिई ख़रीद गर्न ड़ा. रजत श्रेष्ठको नाममा २ लाख ८८ हजार ७ सय ५० पठाइसकिएको छ । नेपाल पठाइएको अध्यक्ष कोईरालाले बताउनुभयो ।

१७५ पिस फुल्ली इकुप्ड पिपिई नेपाल सरकारमार्फत अत्यावश्यक हस्पिटलहरु छनौट गरि महासचिव र नेपालमा हुनुहुने एनसीसी सदस्यहरूबाट हस्तांन्तरण गरिने समेत अध्यक्ष कोईरालाले जानकारी गराउनुभयो ।


प्रकाशित | ३० चैत्र २०७६, आईतवार १८:१८