एनआरएनए एसिया प्याशिफिक क्षेत्रका उम्मेदवारले भने – विवाद समाधान नगरि हुने निर्वाचनमा सहभागि हुँदैनौ

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) एसिया प्याशिफिक क्षेत्रका उम्मेदवारहरुले विवाद समाधान नगरि हुने एकपक्षीय निर्वाचनमा सहभागि नहुने बताएका छन् ।  एसिया प्याशिफिक क्षेत्रबाट क्षेत्रीय संयोजक पदका उम्मेदवार विनोद कुँवर, उपसंयोजक पदका उम्मेदवारहरु दिलिप सिंह गुरुङ र विश्व राईले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै सबैलाई समेटेर सहमतिका साथ निर्वाचनको वातावरण बनेपछि मात्र निर्वाचन प्रक्रियामा सहभागि हुने बताउनु भएको हो ।

गैर आवासीय नेपाली संघलाई सम्मानीत साझा संस्था बनाउन अपिल गर्दै अग्रज, अभियन्ताहरुलाई समेटेर आन्तरिक संम्वाद मार्फत समाधानको बाटो तत्काल खोज्न समेत आग्रह गर्नु भएको छ ।  मुद्दा मामिला, वकिल र अदालततिर लाग्नुभन्दा संस्थाभित्रैबाट समाधान खोज्न आग्रह गरिएको हो ।

संस्थाको अधिवेशनको विकल्प नभएको र यथाशीघ्र अधिवेशनमार्फत नेतृत्व हस्तान्तरण गर्नुपर्छ भन्ने आफूहरुको धारण रहेको बताउँदै वर्तमान अवस्थामा गर्न खोजीएको एकपक्षीय निर्वाचनको कुनै अर्थ नरहेको बताइएको छ । साथै डेलिगेट्सको छिटो भन्दा छिटो समाधान खोज्न पनि नेतृत्वलाई आग्रह गरिएको छ ।

हेर्नुहोस विज्ञप्ति


प्रकाशित | २७ मंसिर २०७८, सोमबार १८:०७