दोहोरो अङ्कले बढ्यो शेयर बजार: कारोबार १ अर्ब ३५ करोड

काठमाडौँ: आजको शेयर बजार दोहोरो अङ्कले बढेको छ । साताको अन्तिम दिन नेप्से परिसूचक १२.८३ विन्दुले बढेर एक हजार २९२.१२ विन्दुमा पुगेको छ भने शेयर कारोबार १ अर्ब ३५ करोड रुपैयाँ बराबरको भएको छ । आज कारोबार भएकोमध्ये दश उपसमूहका शेयरमा वृद्धि भएको छ । बैंकिङ १०.०९, होटल २१.५, विकास बैंक ४५.२९, जलविद्युत् ५.२४, वित्त ०.८८, निर्जीवन बीमा ७४.८४, उत्पादन २२.९, अन्य ६, लघुवित्त १०.३९ र जीवन बीमा ८९.९१ विन्दुले बढेको छ ।  कारोबारका आधारमा नेपाल बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ । बैंकको मात्रै प्रतिकित्ता रु ३१५ मा रु १८ करोड ४१ लाख ६४ हजार ९१७ बराबरको कारोवार भएको छ ।

त्यस्तै एनसिसी बैंक रु सात करोड ३० लाख ३४ हजार ८९८, प्रभु बैंक रु सात करोड २६ लाख ७४ हजार ६९७, छिमेक लघुवित्त विकास बैंक रु छ करोड ६० लाख २५ हजार ८९८, कृषि विकास बैंक रु पाँच करोड ४३ लाख ६८ हजार ४५४ मूल्य बराबरको खरीद बिक्री भई शीर्ष स्थानमा रहेका छन् ।


प्रकाशित | १२ बैशाख २०७६, बिहीबार १८:०४