ढुक्क हुनुस्, निर्वाचन तोकिएकै समयमा हुन्छ: मन्त्री अर्याल

स्याङ्जा । कृषि तथा पशुपंक्षी पन्त्री पद्मा कुमारी अर्यालले तोकिएकै समयमा निर्वाचन हुने बताउनुभएको छ । नेकपा स्याङ्जाको हरिनास गाँउ कमिटिले आज(शनिबार) आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दे मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो ।

सरकारले तोकेको बैशाख १७ र २७ गतेको निर्वाचन कुनै तत्वले बिथोल्न नसक्ने भन्दै उहाँले पार्टीलाई एकताबद्ध बनाउँदै चुनामी मैदानमा होमिन नेता तथा कार्यकर्तालाई आग्रह समेत गर्नुभयो । कम्युनिस्ट पार्टी विचारबाट निर्देशित भएको पार्टी रहेता पनि पद, शक्तिकै लागि मात्र ओली नेतृत्वको सरकार चारैतिरबाट घेराबन्दीमा परेको बताउनुभयो ।

जनताले विश्वास गरेको सबैभन्दा ठूलो पार्टी नेकपा पार्टी भित्रैकै ठूला नेताहरुले राष्ट्रपतीलाई महाअभियोग लगाउने सम्मको तयारी गरी हस्ताक्षर संकलन गरेका कारण प्रतिनिधिसभाको विघटन गर्नुपर्ने स्थितीको सिर्जना भएको बताउनुभयो ।

नेकपा केन्द्रिय सदस्य समेत रहेकी नेता अर्यालले बर्तमान समयमा कसैले फरक प्रतिक्रिया दिँदै आइरहेता पनि अहिलेसम्म पार्टी नफुटेको बतानुभयो । उहाँले समुन्द्रबाट एक अम्खोरा पानी झिक्दैमा समुन्द्र नसकिने समेत बताउनुभयो । मन्त्री अर्यालले भन्नुभयो, ‘समुन्द्रबाट एक अम्खोरा पानि झिक्दैमा समुन्द्र रित्तिदैन । पदको लोभले केही नेताले बाहिर भेला गर्दैमा नेपाल कम्युनिस्ट पाटी सकिदैन ।’

मन्त्री अर्यालले सत्तारुढ दल नेकपा विभाजनका सन्दर्भमा अध्यक्ष र महासचिव भएको पार्टी नै आधिकारिक नेकपा भएको बताउनुभयो । मन्त्री अर्यालले सत्तारुढ नेकपा विभाजन भएर दुईवटा समूह बनेतापनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव भएको पार्टी नै आधिकारिक नेकपा भएको बताउनुभयो ।

त्ययस अवसरमा हरिनास गाउँपालिका वडा नं २ का वडासदस्य लालुमायाँ नेपाली लगायत १ सय ५६ जना नेपाली कांग्रेस परित्याग गरी नेकपामा प्रवेश गरेका थिए ।


प्रकाशित | १७ माघ २०७७, शनिबार १९:४६

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *