‘वीर विक्रम २’को ट्रेलर सार्वजनिक

काठमाडौं: आगामी जेठ ३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘वीर विक्रम २’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रम बिच चलचित्रको ट्रेलर सार्वजनिक भएको हो । ट्रेलरमा दुई मिल्ने साथी बिचको मित्रता र प्रेमको कारण उनीहरूको जीवनमा आएको उतारचढावलाई प्रस्तुत गरिएको छ ।

चलचित्रमा अभिनेता पल शाह वीरको भूमिकामा देखिएका छन् भने अर्का अभिनेता नाजिर हुसेन बिक्रमको भूमिकामा छन् । त्यस्तै चलचित्रकी सोलो नायिका वर्षा सिवाकोटी बादलको भूमिकामा देखिएकी छिन् । चलचित्रमा कलाकार बुद्धि तामाङ भिलेनको भूमिकामा छन् । चाम्स इन्टरटेनमेन्टको ब्यानरबाट निर्मित वीर विक्रम २लाई प्रदीप भारद्धाजले लेखेका हुन् । चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका हुन् ।


प्रकाशित | १२ बैशाख २०७६, बिहीबार १७:५५