पछिल्लो २४ घण्टामा ४६ को मृत्यु, २ हजार ४०७ जनामा संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ४०७ जना कोरोना संक्रमित थपिएका छन्। २४ घण्टामा भएको पिसिआर र एन्टीजेन गरी १२ हजार ४०६ जनामा उक्त संख्यामा पोजिटिभ देखिएको हो।

मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलका अनुसार देशभर गरिएको ७ हजार ५ सय १७ पीसीआर र ४ हजार ८ सय ८९ जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार ४ सय ७ जनामा संक्रमण पुष्टि भएको हो। पिसिआरमा १ हजार ६९४ र एन्टीजेनमा ७१३ जनामा पोजिटिभ देखिएको हो।

यो सँगै कुल संक्रमितको संख्या ६ लाख ९ हजार १ सय ८५ पुगेको छ। गत २४ घण्टामा ३ हजार ९९४ जना संक्रमित निको भएका छन्। उक्त अवधिमा ४६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।


प्रकाशित | ३० जेष्ठ २०७८, आईतवार १७:१८