चाँगुनारायण नगरपालिकाका २ हजार ७ सय ६३ जना छात्राहरुलाई स्यानिटरी प्याड वितरण

भक्तपुर: चाँगुनारायण नगरपालिकाका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा ५ देखि १२ सम्म अध्ययन गर्ने छात्राहरुलाई स्यानिटरी प्याड वितरण वितरण गरिएको छ । नगरपालिकाले प्रति छात्रा प्रति महिना १६ वटाका दरले सबै छात्राहरुलाई वितरण गरिएको हो ।

सामुदायिक विद्यालयका छात्राहरुको निम्ति १० महिनाको लागि प्रती महिना १६ वटाका दरले ३४ विद्यालयका १ हजार ७३५ छात्राहरुको लागि ३४ हजार ७ सय थान स्यानिटरी प्याड वितरण गरिएको युवा, खेलकुद तथा शिक्षा शाखा प्रमुख वीर बहादुर खड्काले जानकारी दिनुभयो ।

विभिन्न विद्यालयबाट ७ वटा वितरण केन्द्र कायम गरि अभिमूखीकरण कार्यक्रम गर्दै विद्यालयहरुलाई उपलब्ध हुने प्रवन्ध मिलाइएको शाखा प्रमुखले खड्काले बताउनुभयो ।

संस्थागत २० वटा विद्यालयका १ हजार १२८ छात्राहरुको लागि समेत प्रति छात्रा महिनाको १६ वटाको दरले तत्कालको लागि ११ हजार २ सय २० वटा स्यानिटरी प्याड उपलब्ध हुने गरि दुई वटा वितरण केन्द्र कायम गरि पनि प्रमुख खड्काले बताउनुभयो ।

नगरपालिका र संघीय सरकारको आर्थिक ब्यवस्थापनमा उपलब्ध गराइएको स्यानिटरी प्याडको प्रयोग र बिर्सजन आवश्यकताका आधारमा विद्यालय नर्सबाट सहजीकरणको ब्यवस्था मिलाइएको जनाइएको छ । शाखा प्रमुख खडकाका अनुसार श्यानिटरी प्याड वितरण तथा ब्यवस्थापन कार्याविधि २०७६ बमोजीम गुणस्तर कायम गरि उपलब्ध हुने ब्यवस्थापन गरिएको छ ।

This image has an empty alt attribute; its file name is image-67-1024x473.png
This image has an empty alt attribute; its file name is image-68-1024x473.png

प्रकाशित | १४ श्रावण २०८०, आईतवार २१:३४