प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि आयोगमा ७६ दल दर्ता

काठमाडौं :आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ७६ वटा दल दर्ता भएका छन् । निर्वाचनमा भाग लिन दल दर्ता गर्नुपर्ने व्यवस्था बमोजिम निर्वाचन आयोगमा ७६ वटा राजनीतिक दल दर्ता भएका हुन् ।

आयोगले मंगलबारसम्म समय दिएर निर्वाचनका लागि दल दर्ता गर्न सूचित गरेको थियो । त्यसअनुसार ७६ वटा दल दर्ता भएका आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन एकै चरणमा गर्ने घोषणा गरेको छ । निर्वाचन आयोगले पनि सोही अनुसार तयारी गरिरहेको जनाएको छ ।


प्रकाशित | ३१ श्रावण २०७९, मंगलवार १८:५४