एनआरएनए हङकङले पहिलो चरणमा पठायो ५० वटा अक्सिजन कन्सन्ट्रेटर

हङकङ । गैर आवासीय नेपाली संघ हङकङले पहिलो चरणमा ५० वटा अक्सिजन कन्सन्ट्रेटर नेपाल पठाएको छ । एनआएनए हङकङले सय थान अक्सिजन कन्सन्ट्रेटर नेपाल पठाउने उद्देश्य राखेकोमा पहिलो चरणमा ५० वटा अक्सिजन कन्सन्ट्रेटर नेपाल पठाएको हो ।

‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’अभियान अन्तर्गत हङकङबासी नेपाली समुदायबाट ३ लाख ३ हज़ार ३० हङकङ डलर अर्थात ३९ हजार अमेरिकी डलर संकलन भएको थियो ।

एनआरएनए हङकङ अध्यक्ष टिका गुरुङ (राधिका) ले संकलीत रकमबाट पहिलो चरणमा ५० अक्सिजन कन्सन्ट्रेटर मेसिन चीनबाट खरिद गरि नेपाल पठाइसकिएको जानकारी दिनु भयो । अध्यक्ष गुरुङका अनुसार अक्सिजन कन्सन्ट्रेटर १ जुनमा काठमाडौं पुग्नेछ ।


प्रकाशित | २७ जेष्ठ २०७८, बिहीबार ०९:३५