बढ्यो सुनको मूल्य

काठमाडौं – सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला छ सय रुपियाँले बढेर एक लाख नौ सय रुपियाँ तोकिएको छ । धातु अघिल्लो दिन प्रतितोला एक लाख तीन सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख चार रुपियाँ छ । यसको मूल्य बिहीबार प्रतितोला ९९ हजार आठ सय रुपियाँ थियो ।

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २५ ले बढेर एक हजार चार रुपियाँ पुगेको महासङ्घले जनाएको छ ।


प्रकाशित | ११ चैत्र २०७८, शुक्रबार १२:३९