एनआरएनए कोरियामा डा. देवी बहादुर बस्नेतको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन

कोरिया : गैर आवासीय नेपाली संघ (एनआरएनए ) कोरियाको आगामी सेटेम्बर २१ र २२ तारिखमा हुन गइरहेको सातौ अधिवेशनको लागि निर्वाचन समिति गठन गरिएको छ । निर्वाचनको लागि डा. देवी बहादुर बस्नेतको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको एनआरएन कोरिया अध्यक्ष लक्ष्मी गुरुगंले जानकारी गराउनुभयो ।

अध्यक्ष गुरुगंका अनुसार कार्यसमितिको बैठकले निर्णय गरि बस्नेतको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको हो । निर्वाचन समिति सदस्यमा भाजिन्द्र क्षेत्री, चित्र बहादुर मोक्तान, टिकाराम अर्याल र अशोक मैनालीलाई चयन गरिएको छ ।   त्यस्तै, विधान समिति समेत गठन गरिएको छ । विधान समिति संयोजमा डा,अग्निराज कोइरलालाई मनोनय गरिएको छ।


प्रकाशित | १० भाद्र २०७६, मंगलवार १४:००