एनसेलसँग तीन महिनाभित्र लाभकर असुल गर्न सर्वोच्चको आदेश

काठमाडौं : एनसेल खरिद बिक्री प्रकरणको लाभकर तीन महिनाभित्र असुल गर्न सर्वोच्च अदालतले फेसला गरेको छ । सर्वोच्चले निर्देशनात्मक आदेशसहितको फैसला गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरासहित पाँच न्यायाधीशको बृहत् पूर्ण इजलाशले कर असुली गर्न गत माघ २३ मा गरेको परमादेशमार्फत फैसला गरेको थियो । सो फैसलाको मंगलबार पूर्णपाठ तयार गरी सार्वजनिक गरिएको हो ।

ठूला करदाता कार्यालयले सर्वोच्च अदालतलाई बुझाएको पत्रमा एनसेलबाट जम्मा ६० अर्ब ७१ करोड २४ लाख ९६ हजार ९७ रुपैयाँ लाभकर असुल गर्नुपर्ने थियो । तर, एनसेलले २६ वैशाख ०७३ र २१ जेठ ०७४ मा पुँजीगत लाभकरवापत अग्रिम रुपमा कुल २१ अर्ब ५४ करोड ८० लाख ५५ हजार ९ सय र विलम्ब शुल्क बापत २ अर्ब २ करोड ६२ लाख ३४ हजार ८ सय ५१ रुपैयाँ गरी २३ अर्व ५७ करोड ४२ लाख ९० हजार सात सय ५१ रुपैयाँ ठूला करदाता कार्यालयमा बुझाईसकेको पनि फैसलामा उल्लेख छ ।


प्रकाशित | २६ चैत्र २०७५, मंगलवार १९:०३