भीरबाट लडेर आमा र छोराको मृत्यु

जुम्ला : जुम्लाको तातोपानी गाउँपालिका –७ ताम्ति गाउँमा भीरबाट लडेर आमा र छोराको मृत्यु भएको छ । ३२ वर्षीया लक्ष्मी रावत र उनका एक वर्षीय छोरा सुभाष राउतको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार वनमा गाई चराउन गएको बेला भीरबाट लडेर उनीहरुको मृत्यु भएको हो । प्रहरी निरीक्षक प्रकाश केसीका अनुसार, भीरबाट लड्दा आमा र छोराको घटनास्थलमा नै मृत्यु भएको हो । पिठ्युँमा छोरा बोकेर गाई चराउन गएकी आमा लडेपछि छोराको पनि ज्यान गएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।


प्रकाशित | १२ बैशाख २०७६, बिहीबार १३:२२