एनआरएनएसहितले पठाएको १४०५ थान अक्सिजन कन्सल्ट्रेटर बोकेर चीनबाट उड्यो नेपाल एअरलायन्स

काठमाडौं । चीनबाट १५ करोड हाराहारीको स्वास्थ्य सामाग्री लिएर नेपाल एअरलायन्स काठमाडौं उडेको छ । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषसहितको विभिन्न राष्ट्रीय समन्वय परिषद तथा विभिन्न संघ संस्थाहरुले खरिद गरेको स्वास्थ्य सामाग्री लिएर नेपाल एअरलायन्स काठमाडौं उडेको हो ।

एनआरएनए चीनका अध्यक्ष प्रदिप न्यौपानेले १४०५ थान अक्सिजन कन्सल्ट्रेटर, २० हजार ८० टेस्ट किट्स, २ पिस भेन्टिलेटर लिएर नेपाल वायुसेवा निगमको जहाज ७ औ पटक चीनबाट काठमाण्डौ उडीसकेको बताउनु भयो ।

अध्यक्ष न्यौपानेका अनुसार अक्सिजन कन्सन्ट्रेटर लगायतका सामाग्री एनआरएनए चीन, बेइजिङ स्थित नेपाली दुतावास र ग्वान्जौ स्थित नेपाली महाबाणिज्यदुतावसको सहयोगमा नेपाली ध्वजावाहक विमानले ग्वान्जौ एअरपोर्टबाट सामान लोड गरी नेपाल प्रस्थान गरिसकेको हो ।


प्रकाशित | २२ जेष्ठ २०७८, शनिबार १२:४६