यस्तो बन्यो पुनर्गठित मन्त्रिपरिषद् (सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्नु भएको छ । प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई सरकारमा सहभागि गराउँदै मन्त्रिपरिषद् पुनर्गठन गर्नु भएको हो ।

प्रधानमन्त्री ओलीले तीन उपप्रधानमन्त्री सहित १७ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको हो । ओलीले वर्तमान मन्त्रिपरिषद्मा रहेका चार मन्त्री बाहेक सबैलाई हटाउनु भएको छ ।

प्रधानमन्त्री ओलीले अर्थमन्त्री विष्णु पौडेललाई उपप्रधानमन्त्री समेत जिम्मेवारी दिनु भएको छ । नेकपा एमालेका रघुवीर महासेठ र जसपाका वरिष्ठ नेता राजेन्द्र महतो पनि उपप्रधानमन्त्री बन्नु भएको हो ।

उपप्रधानमन्त्री महासेठलाई परराष्ट्र र महतोलाई शहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । नयाँ मन्त्रिमण्डलबाट जसपाबाट उपप्रधानमन्त्री महतोसहित ८ मन्त्री र दुई राज्यमन्त्री बनेका छन् ।

ओलीले गृहसहित रक्षा,, सञ्चार, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन मन्त्रालय भने आप्mनै माताहात राख्नु भएको छ ।

यस्तो छ मन्त्रिपरिषद् :-

प्रधानमन्त्री केपी शर्मा ओली : रक्षा, गृह,सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन

विष्णु पौडेल : उपप्रधानमन्त्री, अर्थ

राजेन्द्र महतो : उपप्रधानमन्त्री, शहरी विकास

रघुवीर महासेठ : उपप्रधानमन्त्री, परराष्ट्र

शेरबहादुर तामाङ : स्वास्थ्यमन्त्री

कृष्णगोपाल श्रेष्ठ : मन्त्री, शिक्षा

बसन्तकुमार नेम्वाङ : मन्त्री, भौतिक पूर्वाधार तथा यातायात

लीलानाथ श्रेष्ठ : मन्त्री, कानून न्याय तथा संसदीय मामिला

शरतसिंह भण्डारी : मन्त्री, ऊर्जा

अनिल झा : मन्त्री, खानेपानी तथा सरसफाई

विमल श्रीवास्तव : श्रम तथा रोजगार

उमाशंकर अरगरिया : वन तथा वातावरण

लक्ष्मणलाल कर्ण : मन्त्री, भूमि व्यवस्था

चन्दा चौधरी : मन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक

एकवाल मियाँ : मन्त्री, युवा तथा खेलकुद

चन्द्रकान्त चौधरी : राज्यमन्त्री, ऊर्जा

रेणुका गुरुङ : राज्यमन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक


प्रकाशित | २१ जेष्ठ २०७८, शुक्रबार २१:३०