चीनबाट आएको खोप जेठ २५ बाट लगाईने

काठमाडौँ । चीन सरकारले उपलब्ध गराएको भेरोसेलको खोप जेठ २५ बाट लगाउन थालिने भएको छ ।
खोप ६० देखि ६४ वर्ष उमेर समुहलाई प्रदान गरिने भएको हो । स्वास्थ्य मन्त्रालयका सचिवको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।

चीनसँग सीमाना जोडिएका जिल्लाहरुको हकमा भने खोप मौज्दात रहे १८ वर्ष माथिका लाई पनि दिइने निर्णय भएको छ । साथै खोप लगाउँदा दोस्रो मात्रको पनि सुनिश्चित गरेर मात्र दिने निर्णय गरेको छ ।


प्रकाशित | १९ जेष्ठ २०७८, बुधबार १३:१४