कर्णाली नदीमा जीप खसेर हराएकाहरुको खोजी गर्न गोताखोरको टोली घटनास्थलतर्फ

काठमाण्डौ: कर्णली नदीमा खसेर हराएकाहरुको खोजी गर्न काठमाण्डौबाट गोताखोरको टोली घटनास्थलतर्फ गएको छ । हुम्लाको खार्पुनाथ गाउँपालिकामा जीप कर्णाली नदीमा खसेर हराएकाहरुको खोजी गर्न गोताखोरको टोली घटनास्थल तर्फ प्रस्थान गरेको हो । मंगलबारदेखि नै दुर्घटनामा परेर हराएकाहरुको अवस्था अझै अज्ञात बनेपछि गोताखोरको टोली घटनास्थलतर्फ गएको हो ।

नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकप्टर काठमाण्डौबाट चितवनको कुरिनटारमा रहेको गोताखोरको टोलीलाई लिएर हुम्लातर्फ गएको छ । प्राविधिकको पर्याप्त ब्यवस्था नहुँदा र गहिरो नदीका कारण खोजी कार्यमा समस्या भएको हो । मंगलबार खार्पुनाथ गाउँपालिका–५ मा लु १ ज ७१६६ नम्बरको जीप कर्णाली नदीमा खस्दा गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमालसहित १० जना बेपत्ता भएका थिए ।


प्रकाशित | ४ असार २०७६, बुधबार १२:१६