विवेकशील साझा पार्टीका नेता उज्वल थापाको निधन

काठमाडौं । विवेकशील साझा पार्टीका नेता उज्जल थापाको निधन भएको छ । मेडिसिटी अस्पतालमा उपचाररत थापाको मंगलबार दिउँसो निधन भएको हो । अस्पतालले जारी गरेको विज्ञप्तीअनुसार उहाँको निधन दिउँसो ४ बजेर २५ मिनेटमा भएको हो ।

स्वास्थ्य अवस्था गम्भीर भएपछि ‘एक्स्ट्राकोपोरियल मेम्ब्रेन अक्सिजेनसन (इक्मो) प्रविधिबाट उपचार भइरहेको थियो । कोरोना संक्रमित हुनु भएका थापाको रिपोर्ट नेगेटिभ देखाए पनि स्वास्थ्य अवस्था जटिल बनेको थियो ।

‘चिकित्सकहरुको अथक प्रयास र सबैको शुभेच्छाका बाबजुद उहाँको शारिरीक अवस्था सुुदृढ हुन सकेन’ मेडिसिटी अस्पतालद्धारा जारी वक्तव्यमा भनिएको छ, ‘मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा उहाँको असामयिक निधन भएको अवगत गराउँदछौं ।’


प्रकाशित | १८ जेष्ठ २०७८, मंगलवार १८:३१