एनआरएनए यूकेद्वारा हुलाक मार्फत भारतीय प्रधानमन्त्रीलाई विरोध पत्र

लन्डन : गैर आवासीय नेपाली संघ (एनआरएनए) बेलायतले भारतद्वारा नेपाली भूमी अतिक्रमण गर्दै सडक समेत निर्माण गरेको विरोधमा बेलायतको अल्डरसटबाट हुलाक सेवा मार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र लन्डनस्थित भारतीय हाइ कमिसनलाई ज्ञापनपत्र पठाएको छ । एनआरएनए यूके अध्यक्ष पुनम गुरुङका्े नेतृत्वमा गएको एनआरएनएको टोलीले हुलाकमार्फत ज्ञापनपत्र पठाएको हो ।

सो कार्यक्रममा पूर्वअध्यक्ष तथा आइसिसी सदस्य योग कुमार फगामी, उपाध्यक्ष प्रेम गहामगर, उपाध्यक्ष रोजीना राई प्रधान, महासचिव फडिन्द्र भट्टराई, कार्यसमिति सदस्य हेम गुरुङलगायतको उपस्थिति थियो ।


प्रकाशित | २६ जेष्ठ २०७७, सोमबार २२:०५